१७ असार २०८३, बुधबार

देउवाको गृह जिल्लाका नेताले शेखर कोइरालालाई लगाइदिए १५ किलोको माला

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ५ पुस । सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ ।

नेता कोइरालालाई आगामी १५औं महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप १५ किलोको माला लगाइएको हो । नेता कोइरालालाई धनगढी विमानस्थालमा बजागाजासहित भव्य स्वागत गरिएको थियो ।

नेता कोइरालालाई धनगढी विमानस्थलमा डडेल्धुराका नेता युवराज पाण्डेसहितका डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाइएको हो ।

१५औं महाधिवेशनका लागि शुभकामना दिँदै नेता कार्यकर्ताले कोइरालाको पक्षमा नारासमेत लगाएका थिए ।

कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा कोइरालालाई गरिएको भव्य स्वागतले पार्टीभित्र नयाँ तरंग पैदा गराएको छ । एक स्थानीय कार्यकर्ताले बताए अनुसार यस पटक पार्टी सभापति देउवा आउँदाभन्दा पनि नेता कोइरालाको स्वागतमा बढी सहभागिता रहेको थियो ।