
काठमाडौं, ५ पुस । नेपाली बजारमा पछिल्लो समयमा उल्लेख्य लोकप्रियता हाँसिल गर्दै गएको अनलाइन ट्राभल एजेन्सि इसेभेनस्टार डटकमले ग्राहक लक्षित विशेष अफर ल्याएको छ ।
‘आकाशमा भ्यालेन्टाइन्स्’ अफरअन्तर्गत इसेभेनस्टार डटकम तथा सेभेनस्टार ट्राभल एण्ड टुर्समार्फत कुनै पनि अन्तर्राष्ट्रिय गन्तव्यका लागि टिकट काट्ने ग्राहकहरुले विभिन्न किसिमका उपहार जित्ने अवसर पाउनेछन् ।
यस अफरअन्तर्गत भ्यालेन्टाइन्स् डे अर्थात फेब्रअरी १४, २०२५ को साँझ ५ बजेसम्म इसेभेनस्टार डटकम तथा सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्समार्फत टिकट काट्ने ग्राहकहरुले हरेक हप्ता, हरेक महिना र भ्यालेन्टाइन्स् डेको दिनमा गरिने फरक फरक लक्कि ड्रमा उपहारहरु जित्ने मौका पाउने भएका हुन् ।
योजनाअन्तर्गत हरेक ग्राहकले विशेष छुट, हरेक साता ग्राहकहरुले इसेभेनस्टारको विशेष गिफ्ट ह्याम्पर तथा ट्राभल एक्ससेसोरिज् पाउने छन् भने हरेक महिना यती एअरलाइन्सको कुनै पनि गन्तव्यमा निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् ।
भ्यालेन्टाइन्स डेमा गरिने लक्कि ड्रमा भने एक जोडिले यती एअरलान्सनै चढेर माउन्टेन फ्लाइटमा जाने मौका पाउनेछन् ।
‘अनलाइन ट्राभलमार्फत अनलाइन टिकट काट्ने नेपाली ग्राहकहरुको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको परिप्रेक्ष्यलाई मध्यनजर गर्दै आफ्नो स्थापनाको दशौं वार्षिकोत्सबको अवसर पारेर गत वर्ष इसेभेनस्टार डटकम सञ्चालनमा ल्याइएको थियो ।’ इसेभेनस्टारको सञ्चालनको सन्दर्भमा प्रष्ट्याउँदै सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स प्रालिका प्रबन्ध निर्देशक विष्णु प्रसाद कँडेल भन्छन्, ‘सञ्चालनको छोटो समयमै हामीले ग्राहकको उल्लेख्य माया पाउन सफल भयौँ । त्यसैको प्रोत्साहन स्वरुप हामीले आफ्ना ग्राहकलाई भ्यालेन्टाइन्स् डेको अवसर पारेर विभिन्न उपहारहरु प्रदान गर्ने निर्णय गरेका हौँ ।’








प्रतिक्रिया