२० जेष्ठ २०८३, बुधबार

जनकपुरधाममा एक जनाको शव फेला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, ५ पुस । जनकपुरधाममा बिहानै एक जना पुरुषको शव फेला परेको छ ।

जनकपुरधामको विद्यापती चोकस्थित दुर्गा मन्दिर परिषर भित्रै एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ४५, ५० वर्षको पुरुष रहेको तर पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ ।

शवको मुखमा कुनै वस्तुले प्रहार गरेको देखिएको छ र छेउमै ईटा पनि फेला परेको धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिएका छन् । ‘घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ,’ उनले भने ।

यता, स्थानीयहरुले राति मापसे गरेर केही व्यक्तिले हो-हल्ला गर्दै गरेको सुनेको बताए । उनीहरुले दिनहुँ मापसे गरेर मन्दिर छेउछेउबाट मान्छेहरु हिँडडुल गर्ने गरेकोले आफूहरुले वेवास्ता गरेको जानकारी दिए । घटनासम्बन्धी अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।