३१ जेष्ठ २०८३, आइतबार

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १२ बजे सुरु हुनेछ ।

बैठकमा समसामयिक राजनीति, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पार्टीको स्थानीय तहको अधिवेशन, पृथ्वी जयन्तीलगायत विषयमा छलफल हुने बताइएको छ ।