१३ असार २०८३, शनिबार

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने ‘चेयरपर्सन’ कार्यक्रम सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयर पर्सन क्लव सदस्य सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाण्डौंस्थित होटल सोल्टी क्राउन प्लाजामा कार्यक्रम सम्पन्न भएको हो । आ.व. २०८०/२०८१ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४९१ जना अभिकर्ताहरुलाई कम्पनीकी चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा तोकिएको लक्ष्य पूरा गरी सदस्यता प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गर्दै छनौट भएका सबै अभिकर्ताहरुलाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरुमा सर्वोत्कृष्ट घोषित भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष राज्यलक्ष्मीले आ.व. २०८०/८१ मा समग्र जीवन बीमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशतले वृद्धि गर्न सफल हुनुमा अभिकर्ताहरुको अतुलनीय योगदान रहेको बताइन् । साथै उनले कम्पनीको वित्तिय सूचकहरु पनि सन्तोषप्रद रहेको तथा कम्पनीको वित्तिय संरचना, कम्पनीका प्रचलित बीमा योजनाहरु, बीमितहरुलाई प्रदान गर्दै आएको प्रतिफल बोनस दर, पुँजी बजारमा कम्पनीको उपस्थिती, व्यापक अभिकर्ता संजाल आदि सबैले आउने दिनहरुमा कम्पनीले थप प्रगती गर्नेमा विश्वस्त रहेको धारणा राखिन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत भाषणका क्रममा कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहसंग सम्वन्धित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी केही नयाँ अभ्यासहरु शुरु गरेको र यसबाट व्यवसायिक अभिकर्ताहरुलाई प्रत्यक्ष लाभ पुगेको बताए ।

कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई सम्पति शुद्धिकरण सम्वन्धी जानकारी दिने उदेश्यले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेबाट सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए । यस्तै, चर्चित प्रशिक्षक अमित शर्माले कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गरेका थिए ।

सो समारोहमा आ.व. २०८०।८१ मा १०० वा सो भन्दा बढी बीमालेख बिक्री गर्न सफल अभिकर्ताहरु, नेशनल स्टार र नेशनल सुपर स्टार घोषित अभिकर्ताहरु, विगत १० बर्ष देखि निरन्तर चेयर पर्सन क्लबमा छनौट हुने अभिकर्ताहरु, आ.व. २०८०/८१ मा संजाल व्यवसायमा नेपाल भरबाट उत्कृष्ट व्यवसाय गर्ने ७ जना र आफ्नो कोडबाट उत्कृट व्यवसाय गर्ने ७ जना अभिकर्ताहरुलाई पनि विशेष सम्मान गरिएको थियो ।

यसैगरी, नेपाल भरबाट आफ्नो कोड र संजालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वित्तिय र तृत्तिय हुने अभिकर्ताहरु र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जना अभिकर्ताहरुलाई विशेष सम्मानको आयोजना गरी सम्मानपत्र लगायत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।