२३ जेष्ठ २०८३, शनिबार

सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको छ ।

बुधबार एक लाख ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ । बुधबार १ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५५ रुपैयाँले घटेर १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।