
काठमाडौं, ३ पुस । मेडिकल व्यवसायी दुर्गा प्रसार्ईंंले बैंकविरुद्ध अदालतमा दायर गरेको उच्च अदालत विराटनगर इलाम इजलासले खारेज गरेको छ ।
बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । उक्त रिटको अन्तिम सुनुवाइ गर्दै इलाम इजलासका मुख्यन्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले मंगलबार रिट खारेज गरेको हो ।
कुमारी बैंकको शाखा कार्यालय बिर्तामोडसहित चार वटा बैंकलाई प्रतिवादी बनाएर प्रसाईंले २०८० असार ८ गते निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । यो रिटमा इलाम इजलासले २०८० असार १० गते कारण देखाऊ आदेश जारी गरेको थियो । १८ पटक पेशी चढेको यो रिटको सुनुवाइ ९ पटक स्थगित भएको थियो ।
कुमारी बैंकको बिर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएपछि अब बैंकलाई ऋण असुल गर्ने बाटो खुलेको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–













प्रतिक्रिया