१७ असार २०८३, बुधबार

ग्राहकहरूको हितमा सन नेपाल लाइफद्वारा ७५ प्रतिशत ब्याज छुट अभियान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । सन नेपाल लाइफ इन्स्योरेन्सले यही पुस १ गतेदेखि पुस २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशतसम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यो छुट अभियानका मुख्य उद्देश्यहरू निम्न छन्ः

-आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउने
-आफ्ना ग्राहक र उनीहरूको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने
-ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी उनीहरूको सुरक्षालाई निरन्तरता दिने
-ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवर्द्धन गर्ने

सन नेपाल लाइफ इन्स्योरेन्सले यस छुट अभियानमार्फत ग्राहकहरूलाई आर्थिक सुरक्षाको निरन्तरता दिन र जीवन बीमाको महत्त्वलाई अझ प्रभावकारी रूपमा उजागर गर्ने लक्ष्य राखेको छ ।