९ असार २०८३, मंगलबार

कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेपाल प्रिमियर लिग (एनपीलए)मा आजको पहिलो इलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।

चितवन राइनोजविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको हो । यो खेल दुबै टोलीका लागि ‘नकआउट’ म्याच हो, यो खेलमा हार्ने टोलीको एनपीएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

चितवन र कर्णालीले लिग चरणमा समान नतिजा हासिल गरेका थिए । दुवै टोलीले सात खेलमा चार जित र तीन हारसहित आठ अंक जोडेका छन् । नेट रनरेटका आधारमा चितवन तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।

समूह चरणमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो, जसले कर्णालीलाई थप आत्मविश्वास दिएको छ ।