
गोरखा, ३ पुस । नेपालको पहिलो केबलकार मनकामना केबलकार आजबाट सञ्चालन भएको छ ।
मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै २ दिनसम्म टावर मर्मत सम्भार गर्ने कार्य सम्पन्न भएकाले आजबाट पूर्ण रूपमा केबुलकार सञ्चालनमा ल्याइएको जनाएको छ ।
मनकामना केबलकारको टावर मर्मत र स्तरोन्नति कार्य गर्नु परेकाले पुस १ गते देखि पुस २ गतेसम्म २ दिन केबलकार सेवा बन्द गर्नु परेको मनकामना दर्शन प्रालिका प्रबन्धक उज्वल शेरचनले जानकारी दिए ।












प्रतिक्रिया