७ श्रावण २०८३, बिहिबार

टस जितेर बलिङ गर्दै चितवन राइनोज

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । यससँगै कर्णाली याक्सले पहिला ब्याटिङ गर्नेछ ।

यस खेलको विजयी टोलीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग भोलि खेल्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ः०० बजे हुनेछ ।