
काठमाडौं, ३ पुस । ड्रागन बोर्ड रेस प्रतियोगिताको दोस्रो संस्करण पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन हुन गइरहेको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको दोस्रो संस्करण यही पुस १३ देखि १५ (डिसेम्बर २८–३०) सम्म हुन लागेको जानकारी गराइको हो ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा हुन लागेको यस प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहनेछ ।
मित्र राष्ट्र चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस प्रतियोगिता गत वर्षदेखि औपचारिक प्रतियोगिताका रूपमा पोखराको फेवा र वेगनासतालमा सञ्चालन गरिँदै आइरहेको छ । दर्जनौं राष्ट्रिय र अन्तर्राष्ट्रिय समूहहरूले सहभागिता जनाउने यस प्रतियोगिता पोखरामा पनि लोकप्रिय बन्दै गइरहेको छ ।
प्रतियोगिताले नेपाल चीन दुईपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावनाहरूको खोजीमा सहयोग गर्ने, पोखराका तालहरूलाई आकर्षणको केन्द्रका रूपमा विकास गर्ने, पोखरा र आसपासको पर्यटन विकासमा टेवा पुराउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।








प्रतिक्रिया