१७ असार २०८३, बुधबार

कस्तो रहन्छ आज दिनभरको मौसम ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ ।

तराई तथा उपत्यका केही स्थानहरूमा भने हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको लागेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज, दिउँसो हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा भने मौसम सफा रहने छ ।

यस्तै, राति भने हिमाली, पहाडी र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ ।