
काठमाडौं, ३ पुस । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्युआर भुक्तानी गर्न सम्झौता गरेको छ ।
यस सम्झौताअन्तर्गत चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटलीलगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरु र अलिपे प्लस प्रयोगकर्ताहरुले डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका इन्टरअपरेबल क्युआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।
सानिमा बैंकको नेपाल क्लियरिङ हाउससँगको यस सहकार्यले नेपालमा पर्यटकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ ।
सानिमा बैंकका देशका सातै प्रदेशमा १३४ कार्यालयहरु तथा १२५ वटा एटिएम सञ्जाल रहेका छन् ।








प्रतिक्रिया