२८ असार २०८३, आइतबार

विश्वराम कार्कीको ‘साइलो’ सार्वजनिक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । गायक विश्वराम कार्कीको गीत ‘साइलो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक स्वयमकै स्वर, शब्द तथा संगीतसँगै अभिनय पनि रहेको यस गीतको भिडियोलाई विश्वराम कार्की युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियोमा गायक कार्कीसँगै नायक जय किशन बस्नेत, रामशरण जंगम, दीपा पनेरु, मेगेन्द्र सुवेदी, ज्याक गुरुङ, कृष्ण माया सुनुवार, सुरेन्द्र पौडेल, भिमसेन दाहाल, सपना के सि, कमल श्रेष्ठ, कृष्ण केसी, दिया लामालगायतको अभिनय रहेको छ ।

समाजमा रहेको छुवाछुत प्रथाको अन्त्य गर्नुपर्छ भन्ने सन्देशसहित सार्वजनिक गरिएको भिडियोको निर्देशन तथा कोरियोग्राफी बिक्रम चौहानको रहेको छ भने छांयाकन प्रकाश खडका, सम्पाडण मिलण विश्वकर्माको रहेको छ।

गायक कार्कीको यसअघि कट्टा हान्दिन्छु बोलको गीतले बजारमा तहल्का मच्चाइसकेको छ भने सोही गीतको सिक्वेल पनि छिट्टै बजारमा आउने कुरा पनि गायक कार्कीले जानकारी गराए ।