११ असार २०८३, बिहिबार

नेकपा एसको स्थायी कमिटी बैठक आज पनि बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकमा धारणा राख्ने र जवाफ दिने क्रम सकिए पनि नेताहरुको कार्यविभाजनको काम बाँकी रहेकाले मंगलबार पनि बैठक बस्ने भएको हो । आजको बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन गरिने छ ।

प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको छैन् । उनले बैठक अगामि निर्वाचनहरुमा एकीकृत समाजवादीलाई सशक्त प्रतिस्पर्धी पार्टीको रुपमा उभ्याउने र कलम चिन्हका उम्मेदवारहरुलाई देशभरि स्थापित गर्नेबारे केन्द्रित रहेको पनि बताए ।