१ कार्तिक २०८३, शनिबार

नेपालमा ब्रिटिश काउन्सिल आईएलटीएस उपहार २०२४ को विजेता घोषणा   

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । ब्रिटिश काउन्सिलको आईएलटीएस उपहार सिजन २.० का विजेताहरू १० डिसेम्बर २०२४ मा एक कार्यक्रममा पुरस्कारहरूद्वारा सम्मानित गरिएको छ । २०२३ मा आयोजित आईएलटीएस उपहारको सफलताको आधारमा, ब्रिटिश काउन्सिलले आईएलटीएस उपहार सिजन २.० यस पटककोे दोस्रो संस्करणमा आएलटिस परीक्षा दिनेहरूलाई धेरै ठूला र आर्कषक पुरस्कारहरू प्रदान गरेको छ ।

सेप्टेम्बर २६ देखि नोभेम्बर ३० बीचको कुनै पनि आएलटिस परीक्षा दिने र अक्टोबर २०२४ पछि कम्प्युटर परीक्षण मितिहरूमा आईएलटीएसको लागि दर्ता गरी भुक्तानी पूरा गर्ने प्रशिक्षार्थीरू यस वर्षको प्रस्तावको लागि योग्य थिए ।

ब्रिटिश काउन्सिल फेसबुक च्यानलमार्फत लक्की ड्र प्रक्रियाअन्तर्गत कुल पाँच विजेताहरूको चयन गरिएको थियो ।

यस वर्ष दुई मासिक पुरस्कार विजेता र तीन बम्पर पुरस्कार विजेताहरू चयन गरिएको थियो । सेप्टेम्बर र अक्टोबरमा दर्ता भएका दुई भाग्यशाली मासिक विजेताहरूले एप्पल म्याकबुक एर प्राप्त गरेका छन् । दुई भाग्यशाली विजेताले टर्किस एयरलाइन्स प्रायोजित युके र अमेरिकाको एकतर्फी टिकट जितेका छन् भने तेस्रो विजेताले ब्रिटिश काउन्सिलद्वारा प्रायोजित अस्ट्रेलियाको एकतर्फी टिकट जितेका छन् ।

एप्पल म्याकबुक एर विजेताहरू – मिनर्भा चुनी ओङ्मु कार्की र केशव थापा
युके र अमेरिकाका लागि एकतर्फी टर्किस एयरलाइन्स टिकट विजेताहरू – क्रमशः कनिस्का पौडेल र प्रणय शाक्य

अस्ट्रेलियाको एकतर्फी टिकट विजेता – अनमोल खड्का
अभियान अवधिमा सबैभन्दा धेरै दर्ता गर्न योगदान दिने तीन शीर्ष आईएलटीएस साझेदारहरूको उत्कृष्ट प्रयासलाई पनि सम्मान गरेका छन्। प्रत्येक साझेदारलाई उनीहरूको समर्थन र आईएलटीएस प्रवर्द्धन गर्न प्रतिबद्धताको लागि प्रशंसाको प्रतीकको रूपमा आईप्याड प्रदान गरिएको थियो ।

अर्बिट मेडिकल एन्ट्रेंस प्रा. लिमिटेड (ओएमई)
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)
केआइसि लर्निङ सेन्टर प्रा.लि.

कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले भने, ‘परीक्षा दिन चाहनेहरुका लागि आगामी अवसरहरु मनाउन पाउनु सौभाग्यको कुरा हो । सरल भाषामा भन्नुपर्दा, आईएलटीएस परीक्षा मात्र होइन – यो विश्वव्यापी शिक्षा, विशेष प्रशिक्षण, र आशाजनक क्यारियरको लागी एक प्रवेश द्वारको रुपमा रहेको छ। धेरै वर्षदेखि, ब्रिटिस काउन्सिलले हाम्रा विश्वसनीय साझेदारहरू र एजेन्टहरूद्वारा समर्थित नेपालभर परीक्षाहरू गर्वका साथ प्रदान गर्दै आएको छ । सँगै, हामी युवाहरूलाई थप अध्ययन, व्यावसायिक प्रशिक्षण, वा विदेशमा क्यारियरहरू पछ्याउन सशक्त गर्दैछौं। आएलटिस उपहार अभियानका विजेताहरूलाई बधाई छ, र तपाईंले गुणस्तरीय शिक्षातर्फको यात्रामा अघि बढिरहनु भएकोमा शुभकामना ।’

प्रतिष्ठा थापा रायमाझी, परीक्षा निर्देशक, ब्रिटिस काउन्सिल नेपालले कार्यक्रममा टिप्पणी गर्दै भनिन् ‘आईएलटीएस उपहार अभियानका सबै विजेताहरूलाई बधाई! हामी आशा गर्दछौँ कि यी पुरस्कारहरूले तपाईंलाई थप शिक्षाको तपाईंको सपनाहरू प्राप्त गर्न नजिक ल्याउनेछन् । नेपालमा आर्ईएलटीएस लाई अझ किफायती र पहुँचयोग्य बनाउन प्रतिबद्ध छौं, त्यसै अनुरुप हामीले चितवन र बुटवलमा कम्प्युटर सुविधाहरू सहित हाम्रा परीक्षा केन्द्रहरू विस्तार गर्दैछौँ । आजको डिजिटल संसारमा, हामी परीक्षार्थीहरूलाई कम्प्युटरमा आईएलटीएस को लागि फाइदा लिन अनुरोध गर्छौं। हाम्रा आईएलटीएस साझेदारहरूलाई यहांहरूको निरन्तर सहयोगको लागि धन्यवाद ।’