२३ असार २०८३, मंगलबार

एमाले हेटौंडा उपमहानगर अध्यक्षमा कार्की निर्वाचित

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २ पुस । नेकपा (एमाले) हेटौंडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा बोलबहादुर कार्की विजयी भएका छ्न् ।

एमाले हेटौंडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनले कार्कीको अध्यक्षतामा ८१ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।

सोमबार भएको निर्वाचनमा कार्कीले १७६ मत प्राप्त गर्दै विजयी बन्दा उनको निकटतम प्रतिस्पर्धी जनरल श्रेष्ठले १३३ मत प्राप्त गरे ।

उपाध्यक्षमा राजकुमार बास्तोला १४३ मतसहित विजयी बने । उपाध्यक्षका अर्का उम्मेदवार धनबहादुर मुक्तानले ७४ र इन्द्रप्रसाद खतिवडाले ६८ मत ल्याए ।

सचिवमा शान्ता गौतम १९७ मतसहित विजयी बन्दा निकटतम प्रतिस्पर्धी प्रकाश बानियाँले ८७ मत ल्याए । उपसचिव खुलामा शान्तेकुमार तामाङ ७४ मतसहित विजयी बने । उपसचिवका उम्मेदवारहरु सुरेश मिजारले ६७, कवि रेग्मी ४१, भीम तिमल्सिना ३४, शिवबहादुर थापा ३९, र अर्जुनप्रसाद अर्यालले ३१ मत ल्याए ।

उपसचिव महिलामा चन्द्रावती पनेरु १४६ मतसहित विजयी बन्दा रन्जिता सिलवाल ७९ र जुना दंगालले ६९ मत ल्याइन् ।