८ असार २०८३, सोमबार

दिनभरका TOP 15 NEWS : प्रधानमन्त्री–वामदेव आमनेसामने, रविसहित ५१ जनाविरूद्व मुद्दा चलाउन राय

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । राष्ट्रियसभा सदस्य एवं नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले गम्भीर विषयबारे जानकारी गराउन खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गराउन खोजेको आरोप लगाएका छन् ।

मदन भण्डारीको हत्यासम्बन्धी विषयमा ओलीको आवाजको लिंक आएपछि उनलाई जानकारी गराउन फोन गरेको गौतमको भनाइ छ । गौतमले सोमबार एक विज्ञप्ति प्रकाशित गरी ओलीले आफूलाई बदनाम गर्न खोजेको आरोप लगाएका हुन् ।

‘ओलीको फोन नउठेपछि राजेशलाई फोन गरेर मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नुपर्ने हुन सक्छ । यो भन्दा बढी मैले एक शब्द पनि बोलेको छैन,’ गौतमले भनेका छन्, ‘यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोशिश गर्नुहोला भन्ने मलाई लागेको थिएन ।’

तर, ओलीले भने आफूसँग कुरा गरेको तर नचिनेको भनेर प्रचार गरेको गौतमको भनाइ छ। ‘यसलाई केपीले प्रचारको विषय वनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने मलाई लागेको थिएन,’ गौतमले चुनौती दिएका छन्, ‘क. के पी म तपाइलाई चुनौती दिन्छु–मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस्। पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ।’

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–