
काठमाडौं, १ पुस । काठमाडौं महानगरपालिकाले पूर्वमेयर पीएल सिंहको निधनमा आज शोक बिदा दिएको छ । उनको ८७ वर्षका उमेरमा उपचारका क्रममा आज बिहान निधन भएको थियो ।
कामपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्वमेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिए ।
२०५२ साल मंसिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।








प्रतिक्रिया