१ कार्तिक २०८३, शनिबार

निजी क्षेत्रहरुले अर्थतन्त्रलाई बढाउन धेरै सहयोग पुर्‍याएको छ : अध्यक्ष ढकाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले आफ्नो ४८औँ वार्षिकोत्सव मनाएको छ । आइतबार एक विशेष समारोहकाबीच नाडा अटोमोवाईल्सले आफ्नो ४८औँ वार्षिकोत्सव मनाएको हो ।

४८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नाडाले देशको राजश्वमा सहयोग पुर्याएको बताएका छन् । उनले देशको अर्थिक अवस्था राजश्व संकलनमा ठूलो योगदान पुर्याएको बताएका हुन् ।

उनले भने, ‘नाडाले देशको चाँही खास गरेर यो राजश्वको कन्ट्रिभ्युसनमा धेरै ठूलो योगदान पुर्‍याएको छ । २० देखी २१ प्रतिशत राजश्वको कन्ट्रिभ्युसनको काम नाडाले गरिहेको छ । साथसाथै बैंक, रोजगारीदेखि लिएर राजश्व कन्ट्रिभ्युसनमा नाडाले धेरै नै महत्वपूर्ण सहयोग पुर्‍याएको छ ।’ साथै, उनले निजी क्षेत्रहरुले अर्थतन्त्रलाई बढाउन धेरै सहयोग पुर्‍याएको बताए । उनले दुई ठूला पार्टीका नेताहरु मिलेर सरकार बनेपछि निजी क्षेत्रको लागि अलिकति नीति नियम आउनेमा विश्वास लिएको बताए ।