९ असार २०८३, मंगलबार

पेट्रोल छर्केर आफैँलाई आगो लगाएकी महिलाको मृत्यु

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी ३८ वर्षीया महिलाको मृत्यु भएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१२ घर भएर नारायणटार बस्ने कमला आचार्यको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौंका एसएसपी बसन्त रजौरेले जानकारी दिए ।

शनिबार बा.३५ प ५८१८ नम्बरको स्कुटर चढेर कागेश्वरी मनोहरा नगरपालिका–८ को किराँत चोकस्थित बागमती नदी किनारमा गएर उनले आफैँलाई आगो लगाएकी थिइन् । उनी परिवारसँग बौद्धस्थित नारायणटारमा बस्ने गर्थिन् ।