
हेटौंडा, ३० मंसिर । मकवानपुरको बकैया गाउँपालिकामा ट्रक दुर्घटनामा दुई जना घाइते भएका छन् । आज बिहान बकैया–५ तीनतलेस्थित मदन भण्डारी लोकमार्गमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।
हेटौंडाबाट सिमेन्ट लोड गरी फापरबारीतर्फ जाँदै गरेको ना ५ ख ४६५६ नम्बरको ट्रक ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा ट्रक चालक हेटाडा–१४ मयुरधाप बस्ने ४० वर्षीय रवि थापामगर र ट्रकमा सवार उनका छोरा १३ वर्षीय रिहान थापामगर घाइते भएका हुन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।








प्रतिक्रिया