
धनुषा, ३० मंसिर । नेपाल पत्रकार महासंघ मधेश प्रदेशको अध्यक्षमा श्याम बञ्जरा निर्वाचित भएका छन् ।
प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनबाट उम्मेदवार बनेका बञ्जराले तीन सय १३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अवधेश झाले दुई सय ४६ मत प्राप्त गरे ।
त्यसैगरी, महिला उपाध्यक्षमा ज्योति झा, महासचिवमा शैलेन्द्र महतो, सचिवमा दीपक गौतम विजयी भएका छन् ।









प्रतिक्रिया