
काठमाडौं, ३० मंसिर । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको जित निश्चित भएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणना जारी रहेको भए पनि शर्माले निकटतम प्रतिस्पर्धी रमेश विष्टभन्दा एक हजार मतले अग्रता लिएकी छिन् ।
शर्माको जितसँगै नेपाल पत्रकार महासंघले आफ्नो इतिहासमा पहिलो पटक महिला नेतृत्व पाउने भएको छ ।
शर्मा प्रेस चौतारी नेपाल र प्रेस युनियनको साझा उम्मेदवार हुन् । अन्य केन्द्रीय पदाधिकारीहरूमा पनि शर्माको प्यानलका उम्मेदवारहरूले अग्रता लिएका छन् । वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्षमा नितु पण्डित र महासचिवमा रामप्रसाद दाहाल अग्रता लिएका छन् ।
प्रेस युनियनबाट विद्रोह गरेर उम्मेदवारी दिएका विष्टलाई प्रेस सेन्टर र समाजवादी प्रेस संगठनलगायत संगठनको समर्थन रहेको थियो ।








प्रतिक्रिया