१० असार २०८३, बुधबार

नेपाल पत्रकार महासङ्घ बागलुङको अध्यक्षमा थापा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २९ मंसिर । नेपाल पत्रकार महासङ्घ बागलुङको अध्यक्षमा राम थापा निर्वाचित भएका छन् । ८औँ जिल्ला अधिवेशनबाट थापा ४६ मतसहित विजयी भएको निर्वाचन समितिका संयोजक हिराबहादुर केसीले जानकारी दिए ।

थापाका निकटतम प्रतिद्वन्द्वी तारानाथ आचार्यले २३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा सुवास आचार्य ४३ मतसहित निर्वाचित भएका छन् ।

यस्तै, महिला उपाध्यक्षमा सृजना पन्त ५० मतसहित विजयी भएकी छन् । सचिवमा नारायण रिजाल ४० मतले विजयी हुँदा सहसचिव खुलामा डम्बर बुढामगरले ४३ मत प्राप्त गरेर निर्वाचित भएका छन् । समावेशी सहसचिवमा नवराज नेपाली सर्वसम्मत भएका थिए ।

यस्तै, कोषाध्यक्षमा खेमराज गौतम ४९ मत प्राप्त गरी विजयी भएका छन् । सदस्यमा अर्जुन कार्कीले ४८ मत, प्रदीप पन्तले ४७ मत, प्रकाश बरालले ४५ मत, बालकृष्ण सुवेदीले ४० मतले विजयी भए । महिला सदस्यमा मनिषा शर्मा सर्वसम्मत भइन् । दलित सदस्यमा अनिष खातीले ३६ मत, आदिवासी जनजाति सदस्यमा सङ्गम घर्तीमगरले ५० मत प्राप्त गरी निर्वाचित भए ।