
काठमाडौं, २८ मंसिर । आज पत्राउ परेका दक्षिण भारतीय सुरपरस्टार अल्लु अर्जुनलाई न्यायीक हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
उनलाई हैदराबाद प्रहरीले सन्ध्या थिएटरमा महिला मृत्यु प्रकरणमा पक्राउ गरेको थियो। उनलाई प्रहरी चौकी ल्याएपछि औपचारिक रूपमा पक्राउ गर्दै १४ दिनको न्यायीक हिरासतमा पठाइएको हो ।
अल्लु अर्जुनका वकिलहरूले कारबाही विरुद्ध उच्च अदालत तेलंगनामा अपीलको तयारी गरेका छन् । गत डिसेम्बर ४ मा ‘पुष्पा २स् द रुल’ को प्रिमियरको क्रममा सन्ध्या थिएटरमा आयोजित कार्यक्रममा भागदौड मच्चिँदा एकजना ३५ वर्षीया महिलाको मृत्यु भएको थियो ।
अल्लु अर्जुन कार्यक्रममा पुग्दा उनका फ्यानहरूबीच भागदौड मच्चिँदा यो घटना गरेको थियो । अल्लु अर्जुन विरुद्ध चार दफा अन्तर्गत मुद्दा दर्ता गरिएको छ।








प्रतिक्रिया