३० असार २०८३, मंगलबार

आसिफ शेख ‘आइएमई पे’को ब्राण्ड एम्बेसेडर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले एक कार्यक्रम माझ नेपाली क्रिकेटर आसिफ शेखलाई ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ ।

नेपालको राष्ट्रिय क्रिकेट टिममा दायाँ हाते विकेटकिपर/ब्याट्सम्यानको रुपमा खेल्दै आएका शेखले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेलहरुमा कम उमेरमै कैयौँ कीर्तिमान प्राप्त गरिसकेका छन् ।

‘नेपाली क्रिकेटको लागि हाम्रो समर्थन जारी राख्दै, हामी विश्वास गर्छौं कि यो साझेदारी खेलकुद र डिजिटल भुक्तानीलाई जोड्ने एक उत्कृष्ट कदम हुनेछ, यो साझेदारीले डिजिटल फाइनान्सको सम्भाव्यतालाई नेपाली क्रिकेटको जोससँग जोड्न महत्वपूर्ण कदम चालेको छ ।’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने ।