१९ असार २०८३, शुक्रबार

टाटा मोटर्सको पुराना गाडीसँग टियागो इभी र पन्च इभी साट्न सकिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले १२ः१२ एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ ।

सिप्रदी ट्रेडिङका अनुसार, भोलि (बिहीबार)बाट ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभीलगायतका गाडीहरु साट्न सकिने छ । यो एक्सचेन्ज क्याम्प डिसेम्बर १२, १३ र १४ तारिक टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना हुने बताइएको छ ।

यस मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभी र पन्च इभीमा आकर्षक डिलहरु पाउन सक्नेछन् । यसका साथै, यस १२ः१२ एक्सचेन्ज क्याम्प कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो प्राप्त गर्नेछन् ।

यस कार्यक्रमको अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोधसमेत गरेको छ ।