६ असार २०८३, शनिबार

सुनको मूल्य बढ्दा चाँदी स्थिर

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेकोे छ । यसअघि तोलामा एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । यसअघि प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।