
काठमाडौं, २४ मंसिर । जीवन्त र विविध समुदायका लागि सुरक्षित र स्वागतयोग्य डिजिटल स्पेस प्रवर्द्धन गर्ने निरन्तरको प्रयास अनुरुप टिकटकले नेपालमा आफ्नो सेफ्टी एम्बेसडर कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम स्वतन्त्र र विश्वस्त रूपमा आफूलाई अनलाइनमा व्यक्त गर्दा प्रयोगकर्ताहरूले कसरी प्रचलित डिजिटल सुरक्षा चुनौतीहरूको सामना गर्न सक्छन् भन्ने बारे सचेतना जगाउनको लागि डिजाइन गरिएको टिकटकले जनाएको छ ।
यो कार्यक्रममार्फत टिकटकले अनलाइन सुरक्षाको बारेमा शक्तिशाली सन्देशहरू प्रदान गर्न, प्रयोगकर्ताहरूलाई सुरक्षित र जिम्मेवारीपूर्वक डिजिटल संसारमा नेभिगेट गर्न आवश्यक ज्ञानको साथ सशक्त बनाउन सुरक्षा एम्बेसडरको रूपमा नेपालका सबैभन्दा प्रभावशाली टिकटक सिर्जनाकर्ताहरू, सेलिब्रेटीहरू र प्रमुख विचार निर्माताहरूसँग साझेदारी गर्दैछ । एम्बेसडरहरूले समुदायको कल्याण सुनिश्चित गर्न टिकटकमा उपलब्ध विभिन्न इन-एप सुरक्षा सुविधाहरूको बारेमा जागरूकता सिर्जना गर्न मद्दत गर्नेछन् ।
टिकटकको नेपालमा सेफ्टी एम्बेसडर कार्यक्रममा ओशिन सिटौला, पराक्रम राणा, सुशान्त प्रधान, मञ्जिता मानन्धर, राष्ट्र विमोचन तिमल्सेना, श्री पाण्डे, प्रियंका कार्की, अनिश तामाङ, इष्टु कार्की, विपिन स्थापित, सारिका न्यौपाने, महिमा अधिकारी, सावित्रा भण्डारी, रेहान श्रेष्ठ, रोनिश्मा श्रेष्ठ र दीपक सुन्दासलगायतको सहभागिता रहनेछ।
प्रयोगकर्ताहरूसँग जोडिन र प्रभावकारी छलफलहरू सुरु गर्ने क्षमताको लागि सावधानीपूर्वक चयन गरिएका सेफ्टी एम्बेसडरहरूले यस पहलमा मूल्यवान पहुँच र विश्वसनीयता ल्याउनेछन् । उनीहरूको प्रभाव र समर्पणले उनीरूलाई सम्मानजनक र सुरक्षित अनलाइन अन्तरक्रियाहरू सिर्जना गर्ने टिकटकको मिशनको लागि प्रमुख अधिवक्ताहरूको रूपमा स्थान दिन्छ । यो पहल प्लेटफर्म भित्र मात्र सीमित नरहेर यसले सफलताको लागि कुनै सर्टकट हुँदैन भन्ने बुझेर सुरक्षित सामग्रीको निर्माण, खतरनाक चुनौतीहरू, गलत सूचना, उत्पीडन, अनलाइन ट्रोलिङ र साइबरबुलिङ, संस्कृति र सामाजिक मान्यताहरूको सम्मान, अनलाइन ठगीहरूबाट सुरक्षा, नाबालक सुरक्षा जस्ता महत्वपूर्ण विषयहरूलाई सम्बोधन गर्दै प्लेटफर्म बाहिरको दुनियाँलाई पनि समेट्ने बताइएको छ ।








प्रतिक्रिया