१ श्रावण २०८३, शुक्रबार

नागरिक लगानी कोष र तल्लो इर्खुवा जलविद्युत आयोजनाबीच सेयर प्रत्याभूति सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्तकुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका हुन् ।

इर्खुवा हाइड्रोले प्रति सेयर एक सय रुपैयाँका दरले २८ लाख पाँच हजार सात सय ५० कित्ता बापतको २८ करोड पाँच लाख ७५ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले छ महिनासम्म रहने छ ।