
काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू केही समयमा भारतको भ्रमण गर्ने बताएका छन्।
आइतबार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले केही समयमा भारत भ्रमण गर्ने बताएका हुन्।
‘हामी देश बनाउँछौं। कर्णालीमा पुल बन्ने भएको छ। चीन भ्रमणबाट थुप्रै कुराहरू भएका छन्,’ उनले भने, ‘अब मान्छेहरूले पत्याएका छैनन् होला। म केही समयपछि भारत भ्रमणमा पनि जान्छु।’
त्यस्तै उनले सहकारी ठगी आरोपमा पक्राउ परी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लक्षित टिप्पणी पनि गरे।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया