२९ असार २०८३, सोमबार

सुदूरपश्चिममा नेशनल लाईफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुखकार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सीईओ” कार्यक्रम सम्पन्न गरेको छ ।

सुदूरपश्चिमप्रदेशबााट लक्ष्य पूरा गर्ने सबै अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले मायाको चिनो प्रदान गरेका थिए भने स्किममा व्यवस्था भएअनुरुप अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले समय सान्दर्भिक योजनाहरु प्रस्तुतगर्ने क्रममा ‘मिट द सीइओ’ स्किम ल्याइएको र यस स्किममा छनौट हुने अभिकर्तालाई प्रदेशस्तरिय कार्यक्रम अन्तर्गत सम्मान गरिने कम्पनीको योजना अनुरुप सुदूरपश्चिम प्रदेशबाट छनौट हुन सफल २६ जना अभिकर्ताहरुलाई सम्मान गरिएसंगै यस स्किम अन्तर्गतका सातै प्रदेशको कार्यक्रम सकिएको बताउँदै सबै प्रदेशबाट यस कार्यक्रममा जोडिने ३०० भन्दा बढी अभिकर्ताहरुलाई बधाई दिए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, लगायत विविध पक्षहरुकाबारेमा विस्तृत रुपमा छलफल गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । यस योजनाले अभिकर्ता र सीइओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्र्तक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।