
काठमाडौं, २२ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक कोर्स बदल्नुपर्ने बेला आएको बताएका छन्।
शनिबार माओवादी केन्द्र गोरखा(काठमाडौ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले त्यसका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली बदल्नुपर्ने बताए।
यसपटक विरोधीहरुले माओवादी केन्द्रलाई जनतातर्फ फर्कने अवसर दिएको उल्लेख गर्दै उनले अब पार्टी जनतातर्फ फर्कन सुरु गरेको बताए । यसले देशभर सकारात्मक प्रभाव परेको र केही जिल्लामा ६४ कै अवस्था फर्कने थालेको र त्यसको परिणाम उपनिर्वाचनले देखाएको उनले स्पष्ट पारे।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया