८ असार २०८३, सोमबार

सानिमा बैंकद्वारा २०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । सानिमा बैंकको २०औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल ९ब्लोदान० र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बिहीबार बिहान ११ बजेदेखि शुरु गरेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । सानिमा बैंकको सातै प्रदेशमा हाल १३५ वटा कार्यालयहरु र १२५ वटा एटीएम संचालनमा रहेका छन् ।