२९ जेष्ठ २०८३, शुक्रबार

युनियन मेवा हाइड्रोले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले युनियन मेवा हाइड्रो लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने १ सय अंकित दरका ३५ करोड ३८ लाख ६० हजार ५ सय बराबरको ३५ लाख ३८ हजार ६०५ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका हुन् ।

युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलबिद्युत आयोजना निर्माणाधीन करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।