
काठमाडौं, २१ मंसिर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ ।
चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै कर्णाली विजयी भएको हो ।
टीयू क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्यो । एनपीएलमा कर्णाली याक्सको यो पहिलो जित हो ।







प्रतिक्रिया