
काठमाडौं, २१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल )मा कर्णाली याक्सबाट खेलिरहेका भारतीय क्रिकेट खेलाडी शिखर धवनले आफ्नो ३९औं जन्मदिन मनाएका छन् ।
बिहीबार उनले कर्णाली याक्सको टिमसँग आफ्नो जन्मदिन हिल्टनमा मनाएका हुन् । उनको जन्मदिन मनाउन कर्णाली याक्सका सहसंस्थापक गृहेन्द्र घिमिरे, फेस अफ कर्णाली स्वस्तिमा खड्का, प्रशिक्षक ज्ञानेन्द्र मल्ल, मार्की सोमपाल कामीसँगै टिम खेलाडीलगायत उपस्थित थिए ।









प्रतिक्रिया