१ कार्तिक २०८३, आइतबार

सामसङ नेपालले ल्यायो एनपीएल लक्षित अफर, टिभीमा ३१ प्रतिशतसम्म छुट

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ऐतिहासिक पहिलो सिजनले देशभरका क्रिकेटप्रेमीहरूलाई उत्साहित पारेको छ । प्रतियोगिताको सुरुवातसँगै धेरै दर्शकहरू स्टेडियममा जम्मा भएका छन् भने अन्य धेरैले घरबाटै खेल लाइभ हेरिरहेका छन् ।

यस ऐतिहासिक अवसरलाई अझ मनोरञ्जक बनाउन सामसङ नेपालले आफ्नो नवीनतम टिभीहरुमा ३१ प्रतिशतसम्मको आकर्षक छुट अफर ल्याएको छ । क्युएलईडी, क्रिस्टल युएचडी ४के र एफएचडी टिभीहरूको विशेष रेन्जलाई समावेश गरिएको यो अफरले दर्शकहरूलाई उच्च गुणस्तरको भिजुअल अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सामसङले ग्राहकहरूका लागि थप सुविधा पनि प्रदान गरेको छ । कम्पनीको इन्स्टा फाइनान्स सेवाअन्तर्गत ग्राहकहरूले १२ महिनाको अवधिमा शून्य प्रतिशत ब्याज दरमा आफ्नो मनपर्ने टिभी खरिद गर्न सक्नेछन् । नागरिकता प्रमाणपत्रका आधारमा सामसङको आधिकारिक स्टोरबाट यो सेवा लिन सकिनेछ ।

अझ एक आकर्षक प्रस्ताव भनेको पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गर्ने सुविधा हो । आर्कोस्टोरसँगको साझेदारीमा ग्राहकहरूले आफ्नो पुरानो उपकरण फिर्ता गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि सामसङले उपलब्ध गराएको छ ।

यो विशेष अफर १६ पुस, २०८१ सम्म कायम रहने कम्पनीले जनाएको छ । सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कमार्फत यो अफर नेपालभरि उपलब्ध गराइएको छ ।