१ कार्तिक २०८३, आइतबार

‘राकुटेन भाइबर’ले थप्यो नयाँ कम्युनिटी कमेन्ट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । कामका क्रममा एकभन्दा बढी कार्यहरूमा संग्लग्न हुँदै गर्दा कुशल र उत्पादनशिल हुनका लागि नयाँ तरिकाहरू खोज्नु सधै महत्त्वपूर्ण हुन्छ । एक सुपर एपको रूपमा प्रयोगकर्ताको अनुभव वृद्धि गर्न निरन्तर प्रतिबद्ध राकुटेन भाइबरले आफ्नो लोकप्रिय सुविधा कम्युनिटीजको नवीनतम अपडेटको रूपमा कमेन्टहरूको सुविधा प्रस्तुत गरेको छ । राकुटेन भाइबरको यो सुविधा कनभर्सेसन्हरूलाई थप व्यवस्थित र आकर्षक बनाई प्रयोगकर्ताहरूको कम्युनिटीलाई थप सशक्त बनाउन डिजाइन गरिएको हो ।

नयाँ अपडेटले आफ्नो टिमसँग धेरै विषयहरूमा डिसकस् गर्ने स्ट्रिमलाइनहरू उपलब्ध हुनेछ भने सदस्यहरूले विशेष मेसेजहरूको टिप्पणी खण्डमा सीधा जवाफ दिन सक्नेछन् । यसले कम्युनिटीलाई आफ्नो समग्र प्रवाहमा बाधा नपर्ने गरी केन्द्रित डिसकस्मा संलग्न रहन सघाउँछ । सुपरएडमिन र एडमिनहरूले यसलाई पूर्वनिर्धारित रूपमा सबै मेसेजहरूका लागि कमेन्ट उपलब्ध गराएर वा छानिएका विशेष मेसेजहरूमा यसलाई असक्षम पारेर पनि आफ्नो कम्युनिटी इन्फो ट्याबमा सजिलैसँग यो सुविधा एक्टिभ गर्न सक्छन् ।

राकुटेन भाइबरको लामो समयदेखिको सुविधा कम्युनिटीज अब नियमित ग्रुप च्याट अनुभवभन्दा माथिल्लो स्तरको हुनेछ । यसले च्याट हिस्ट्री र पहिले साझा गरिएको मिडियालाई सजिलै पहुँचयोग्य बनाउने अद्वितीय विशेषताहरूसँगै सहज सहयोग र समावेशी अन्तरक्रियाहरूलाई सघाउँछ । कनभर्सेसन् अन्य विषयहरूमा सरेको बेला पनि च्याट हिस्ट्रीलाई नयाँ सदस्यहरू सहित सबैले केवल ब्याक अप स्क्रोल गरेरै पहुँच गर्न सक्छन् । र कम्युनिटि भित्र साझा गरिएका मिडिया र फाइलहरूमा पूर्ण पहुँच हुने हुँदा कसैले पनि महत्त्वपूर्ण अपडेट वा मूल्यवान कन्टेनटहरू गुमाउँदैनन् ।

‘कम्युनिटीहरूको स्तरवृद्धि भनेको मानिसहरूले कम्युनिकेट गर्ने तरिकामा सुधार गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । हामीले हाम्रा प्रयोगकर्ताहरूलाई कमेन्ट गर्ने सुविधा थपेर उनीहरूको कनभर्सेसन्मा थप नियन्त्रण र नयाँ संरचना दिइरहेका छौँ जसले राकुटेन भाइबरलाई विद्यालय, व्यवसाय र सरकारी संस्था जस्ता ठूला कम्युनिटिहरूका लागि अझ राम्रो प्लेटफर्म बनाउँदैछौँ,’ राकुटेन भाइबरमा एपाक का डाईरेकटर डेविड चेले भने ।

यस सुविधाको स्तरवृद्धि बाहेक राकुटेन भाइबरले आफ्नो विश्वव्यापी र स्थानीय कम्युनिटिहरूलाई सुरक्षित र पहुँचयोग्य प्लेटफर्म प्रदान गर्न जारी राखेको छ । चाहे साना रूचि मिल्नेहरूको ग्रुपहरूलाई सँगै ल्याउने होस् वा आवश्यक सरकारी कम्युनिकेसन्हरूलाई सहज बनाउन होस्, राकुटेन भाइबरले कनभर्सेसन्हरू व्यवस्थापन गर्न सजिलो र सबैका लागि सुरक्षित हुने कुराको सुनिश्चितता प्रदान गर्दछ। व्यक्तिगत, व्यावसायिक वा सार्वजनिक क्षेत्र सम्बन्धित हरेक पक्षमा सम्पर्कहरू बढाउनमा केन्द्रित रहन्छ ।