
काठमाडौं, २० मंसिर । युएन वुमन एसिया प्यासिफिकले एनएमबि बैंकलाई २०२४ को डब्लुईपीएस अवार्ड प्रदान गरेको छ । बैंकले लैंगिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गरेकोमा डब्लुईपीएस अवार्ड पाएको हो ।
युएन वुमन र युएन ग्लोबल कम्प्याक्टले कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैंगिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नका लागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको बताइएको छ । ती प्रयासहरुमा ‘सी लिड्स टुमरो स्कलरसीप, एनएमबि नेक्सजेन बैंकिङ लिडर्स स्कलरसीप’ महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालित शाखाहरू, महिला नेतृत्व विकाशका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित सीएसआर गतिविधिहरू रहेका छन् ।
यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा डब्लुईपीएसअन्तर्गतको युएन वुमनद्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ । एसिया-प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको हो ।
यस अवार्डले एनएमबि बैंकलाई निरन्तररुपमा समावेशी र दीगो विकाश गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघी बढ्न प्रोत्साहान मिलेको बैंकले जनाएको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया