
काठमाडौं, २० मंसिर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो ।
यो पोखरा एभेन्जर्सको लगातार दोस्रो हार हो भने जनकपुरको लगातार तेस्रो जित निकालेको छ।
जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ । जनकपुरले १७.१ ओभरको खेलमा ३ विकेट गुमाएर १ सय ४३ रन बनाएर जित हासिल गरेको हो ।
पोखराले जनकपुर बोल्ट्सलाई १ सय ३९ रनको लक्ष्य दिएको थियो । टीयु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको लक्ष्य दिएको थियो ।








प्रतिक्रिया