
काठमाडौं, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बिहीबार)को पहिलो खेलमा जनकपुर बोल्ट्स पहिले बलिङ गर्दै छ ।
पोखरा एभेन्जर्सविरुद्ध टस जितेपछि जनकपुर बोल्ट्सले बलिङ राजेको हो ।

जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् ।
जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो भने पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । दुवै टोली जितको लक्ष्य राख्दै मैदानमा उत्रिएका छन् ।









प्रतिक्रिया