
पोखरा, २० मंसिर । नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगको पोखरामा भव्य रुपमा लञ्च गरेको छ । सीजी मोटर्सले अटोवेज प्रालिलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको हो । यो लञ्चले नेपालमा एक्सपेंगको उपस्थिति थप विस्तार गरेको छ, जसले स्थानीय ग्राहकहरूलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गरिरहेको छ ।
कार्यक्रममा अटोवेजका अध्यक्ष नारायणप्रसाद पौडेलले एक्स्पेङ ब्रान्डको परिचय गराए । साथै, सीजी मोटर्सका सीईओरनिर्देशक हेमन्त अग्रवालले कार्यक्रमको क्रममा सीजी मोटर्सका उपलब्धिहरू र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गरे ।

उद्घाटनका क्रममा अटोवेज प्रालिले पहिलो चरणका ग्राहकलाई ५ वटा जी६ एसयुभी पनि हस्तान्तरण गरेको छ । लञ्च कार्यक्रममा एक्सपेंगको नयाँ जी६ मोडल प्रस्तुत गरिएको थियो, जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ ।
सीजी मोटर्सले हालसालै ग्राहक सेवालाई थप प्रार्थमिकता दिँदै बागडोल, काठमाडौंमा आफ्नो अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ । साथ साथै सीजी मोटर्सले २४र७ सडक सहायताका लागि हटलाइन नम्बर ९७०७०९४२०७ मार्फत प्रदान गरिने सीजी केयर्स सेवा पनि प्रस्तुत गरेको छ । पोखराका ग्राहकहरूले पनि यो सीजी केयर सुविधाबाट लाभ लिन सक्नेछन् । सीजी मोटर्सले ग्राहकहरूलाई विशेष सेवा कुशलतापूर्वक प्रदान गर्दै आइरहेको छ ।









प्रतिक्रिया