
काठमाडौं, १९ मंसिर । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइनमार्फत बिमालेख नवीकरण गर्ने आफ्ना बिमितहरुको लागि पेमेन्ट गेटवे खल्तीसँगको सहकार्यमा उपहारै उपहारसहितको आकर्षक योजना ल्याएको छ ।
यो योजनाअन्तर्गत खल्ती एपमार्फत मंगलबारदेखि पुस २९ गतेसम्मका बीमाशुल्क भुक्तानी गर्ने जुनसुकै बिमितले थुप्रै उपहार प्राप्त गर्न सक्नेछन् । सूर्यज्योतिका बिमितहरुले खल्ती एप प्रयोग गरी आफ्नो प्रिमियम तिर्दा ३०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत बीमा नवीकरण मिति अगावै भुक्तानी गरेमा ५०० रुपैयाँ र तोकिएको नवीकरण मितिको ७ दिन भित्रमै भुक्तानी गरेमा ३०० रुपैयाँ प्राप्त गर्न सक्नेछन् । साथै, साप्ताहिक योजनामा प्रत्येक हप्ता छानिने भाग्यशाली एक जना बिमितले दुईवटा सिनेमाको टिकेट, प्रत्येक १५ दिनमा छानिने एक भाग्यशाली विजेताले इएर बड जित्ने अवसर प्राप्त गर्नेछन् भने सूर्यज्योति मोबाइल एप रजिस्ट्रेशन गरी आफ्नो बीमाशुल्क तिर्ने हरेकले ५० रुपैयाँ बराबरको मोबाइल टपअप प्राप्त गर्नेछन् ।
यसै योजनाको बम्पर उपहारअन्तर्गत अन्त्यमा एक जना भाग्यशाली बिजेताले स्मार्ट मोबाइल फोन जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । यस किसिमका योजनाले मोबाइल एप प्रयोगकर्ताहरुमा वृद्धि हुनुका साथै डिजिटल प्रविधिको प्रयोग गरी बिमित तथा अभिकर्ताहरुले सूर्यज्योति लाइफका विभिन्न सेवाहरु सहज र सरल तरिकाले घरमै बसेर उपयोग गर्न सक्ने र कम्पनीका हरेक सूचना र योजनाको तुरन्तै जानकारी प्राप्त गर्ने सक्ने हुनाले प्रविधिको प्रबर्द्धनमा आफूले विशेष जोड दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बताए।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवा दिँदै छोटो समयमै उल्लेखनीय उपलब्धिहरु हासिल गरिसकेको छ ।
जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरुविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ बन्दै पहिलो आइएसओ ९००१-२०१५ प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनी बन्न सफल पनि भएको छ ।
कम्पनीले नियमनकारी निकायद्वारा तोकिएको निर्धारित समयावधि भित्रै आर्थिक वर्ष २०८०/८१ को वित्तिय विवरण स्वीकृत भई शेयरधनीहरुका लागि २० प्रतिशत नगद लाभांस घोषणा गरिसकेको छ । साथै, यही मंसिर २१ गते शेयर दाखिल खारेजी बन्द (बुक क्लोज) मिति रहेको छ भने पुस ६ गते कम्पनीको वार्षिक साधारण सभा हुने मिति आह्वान गरिएको छ ।








प्रतिक्रिया