५ असार २०८३, शुक्रबार

नेपाल टेलिकमको एमपीओएस रिचार्जमा बोनस

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । नेपाल टेलिकमले मोबाइल प्वइन्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस उपलब्ध गराउने घोषणा गरेको छ ।

यो योजना मङ्सिर १८ देखि आगामी पुस १७ गते सम्म लागु हुनेछ । नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरू अपनाउन सकिन्छ । यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै मोबाइल प्वान्ट अफ सेल र नमस्ते पे, ईसेवा, खल्ती, आईएमईपे लगायतका डिजिटल वालेटहरू विकल्पको रूपमा रहेका छन् ।

यसका साथै सहज तवरले अविच्छिन्न रूपमा सञ्चार सेवा उपभोग गर्न ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरूको लागि नमस्ते सापटीको सुविधा कम्पनीले उपलब्ध गराएको छ ।

प्रिपेड मोबाइल प्रयोगकर्ताहरूले START टाइप गरी १४७७ मा सन्देश पठाएर अथवा *१४७७# डायल गरी ज्ञ छनौट गरेर सापटी लिन सक्नेछन् ।