४ श्रावण २०८३, सोमबार

सिभिल मलमा एससीटी–यूपीआई कार्डवाहकका लागि निःशुल्क पार्किङ सुविधा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र काठमाडौंको सुन्धारामा रहेको सिभिल मलबीच एससीटी–यूपीआई कार्डवाहकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ ।

यस सेवाअन्तर्गत एससीटी–यूपीआई कार्डवाहकहरूले आफ्नो एससीटी–यूपीआई कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्नेछन् ।

मंसिर १६ गतेदेखि सुरु भएको यो सेवा हाललाई ६ महिना सम्म लागु हुने जनाइएको छ ।

एससीटी–यूपीआई डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले एससीटीको कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्नेछन् ।