
काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को पाँचौं खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ ।
आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोज भिडिरहेका हुन् । टियु क्रिकेट मैदानमा टसमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ रोजेका हुन् ।
कुशल मल्लको कप्तानीमा रहेको चितवन लगातार दोस्रो जितको खोजीमा रहनेछ । चितवनले पहिलो खेलमा सोमवार काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलो खेल खेल्दैछ ।








प्रतिक्रिया