
काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो खेलामा आज सुदूरपश्चिम रोयल्स विजयी भएको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर एक बलमा ९२ रनमा सिमित भएको हो ।
यो विराटनगरको लगातार दोस्रो हार हो। विराटनगरले पहिलो खेलमाजनकपुरसँग ८ विकेटको हार बेहोरेको थियो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ५७ रनको योगदान दिएका थिए । विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने सुदूरपश्चिमका मार्की खेलाडी र कप्तान दीपेन्द्र हुन् ।








प्रतिक्रिया